शरणार्थी बनाएर अमेरिका पठाउने ठगि धन्दामा भिआईपीहरु मुछिएपछि यतिबेला देशमा तरंग उत्पन्न भएको छ । सचिवदेखि पूर्वमन्त्रीसम्म यस काण्डमा मुछिएपछि एक खालको तरंग उत्पन्न भएको हो ।
गत चैत ११ गते उपत्यका अपराध अनसन्धान कार्यलयले तीन जना बिचौलिया टंक गुरुड., केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेपछि एकपछि अर्काै गर्दै पोल खोल्न सुरु भएको थियो । उनिहरु माथि गरिएको अनुसन्धाबाट थप दुईजना सन्देश शर्मा र सागर राई समेत पक्राउ परेका थिए ।
अहिले उनिहरुको वयानको आधरमा सचिवदेखि पूर्वमन्त्रीसम्मको संलग्नता पाईएपछि गृह प्रशासनले कडा कदम चालेको छ । सोही काण्डमा गत बुधवार प्रहरीले बहालवाला सचिव टेक नारायण पाण्डेलाई पक्राउ गरेको थियो । उनि उपराष्ट्रपति कार्यलयमा कार्यरत थिए ।
बुधवार पूर्वउर्जामन्त्री, नेकपा एमालेका सचिव तथा बहालवाल सांसद समेत रहेको टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएको छ । रायमाझी अहिले फरार छन् । त्यस्तै सोही काण्डमा मुछिएका रायमाझीका छोरा सन्दिप रायमाझीलाई प्रहरीले बुधवार बुटवलबाट पक्राउ गरेको छ ।
उता पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पनि उक्त काण्डमा संलग्नता रहेको पक्राउ परेकोहरुले दिएको बयान उल्लेख गरिएकोछ । तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार ईन्द्रजित राई उक्त ठगी काण्डमा पक्राउ परेर हिरासतमा छन भने उनका छोरा निरज राईको समेत संलग्नता पाइएपछि उनि फरार छन् ।
यसरी एकपछि अर्काै गर्दै अपराधको पर्दाफास भएर अपराधी पक्राउ पर्न थालेपछि सरकार प्रति जनताको आशा पलाएको देखिन्छ । मानव बेचविखानमा संलग्न जो कोहिलाई कारवाही गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रतिबद्धतालाई जनताले निकै विश्वासका साथ हेरेका छन् । जनताको अपेक्षा अनुसार काम भएर देशमा ठगि धन्दाको अन्त्य भए मात्रै जनताले देशमा सरकार भएको आभाष गर्नेछन् ।
यसरी लहारोले पहारो तानेपछि उत्पन्न भएको अपराधको जरैदेखि उन्मुलन हुनुपर्छ । पैसा, शक्ती र पहुँचको आधारमा कोही पनि अपराधीले उन्मुक्ती पाउन हुँदैन् । चाहे सानो ठूलो जो सुकैलाई अपराध अनुसारको सजाय हुनुपर्छ ।