Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जेठ १ गतेदेखि अस्पतालको शुल्क वृद्धि

१९ मंगलबार , बैशाख २०८०२ बर्ष अगाडि

आउँदो जेठ १ गतेदेखि अस्पतालको ओपीडी शुल्क वृद्धि हुने भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपालको बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।

बैठकपछि चिकित्सक संघ र अफिनले एक विज्ञप्ति जारी गर्दै डाक्टरहरुको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क बढाउने निर्णय गरेको जनाएको छ भने परामर्श शुल्क कार्यावन्यन गर्न चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह गरेका छन् ।

गत चैत १८ गते बसेको नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी नयाँ परामर्श शुल्क सार्वजानिक गरेको बताएको छ। 
एमबीबीएस र बीडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ४२० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुले ५१५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् । यस्तै, डिप्लोमा चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ५९० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ६७० सम्म शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।

विज्ञप्तीअनुसार एमडी, एमएस र एमडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ८०० रुपैयाँ शुल्क लिन पाउनेछन् । साथै डीएम तथा एमसीएच गरी ५ वर्ष अनुभव भएकाहरुले परामर्श शुल्कवापत ८८० रुपैयाँ लिन पाउनेछन् ।

डीएम तथा एमसीएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरुले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउने व्यवस्था भएको विज्ञप्तीमा भनिएको छ । त्यस्तै निजी क्षेत्रबाट

सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिएका मेडिकल अफिसरको हकमा भने न्यूनतम तलब ४२ हजार रुपैयाँ कायम गराउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि चिकित्सकहरुको शुल्क २०७७ फागुनमा बढाइएको थियो ।