प्रेमसागर पौडेल - -
राष्ट्रघात, राष्ट्रियताको स्खलन, भ्रष्टाचार, अनियमितताले नेपालीको भविष्य कता पु¥याउला ?
नेतृत्वमा देशभक्ति देखिएन । एकपछि अर्को जनविरोधी कामले संकट थपिएको छ ।
देशको सीमाना मिचिंदा, नेपाली सिमानामा लुटिंदा, ऋणले आत्मदाह गर्दा वा महँगी, अभावले पिल्सिदा, यिनको मन दुख्दै दुख्दैन, कति संवेदनहीन छन् ?
पार्टीहरू भित्रको विवाद सद्धान्तिक होइन । हसुर्न नपाएकोमा विवाद हो । हसुर्ने मेकानिज्म बनाएपछि सबै कुरा मिल्छ । यिनीहरू जनतासँगका सरोकारका बिषयमा कहिले पनि चिन्तित भएको र देशलाई उँभो लगाउने अथवा देशको शीर उँचो गराउनेमा लागेका छैनन् र होइनन् । देश महासंकटमा प्रवेश गर्ने दिशामा छ । चेतना रहोस् ।