Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सरकार र महावीर पुनबीच आज पनि वार्ता

१७ आइतबार , बैशाख २०८०२ बर्ष अगाडि

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच आज पनि वार्ता हुने भएको छ । हिजो आइतवार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पनि वार्ता हुन लागको हो ।

हिजो आइतवार सम्पन्न भएको वार्तामा मौखिक रुपमा सहमति नजिक पुगेको वार्तामा सहभागीहरुले बताएका छन् भने सोमबार लिखित सहमति हुनसक्ने पनि उनीहरुको भनाइ रहेको छ ।

यसअघि आविष्कार केन्द्रका संस्थापक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेलगायतका माग राखेर विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गराए पनि सरोकारवाला पक्षले ध्यान नदिएपछि शुक्रबारबाट माइतीघर मण्डलमा अनिश्चितकालीन धर्ना बसेका थिए ।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आविष्कार केन्द्रका संस्थापक पुनलाई बालुवाटार बोलाएर तपाईले खोज, अनुसन्धान, आविष्कार र नवपर्वतन सम्बन्धि सल्लाह दिनुस, म नीति कार्यक्रम र बजेटमा राख्छु भनेको बताइएको छ । साथै, प्रधानमन्त्री प्रचण्डले पुन सल्लाहमै धर्नामा बसेको पनि बताएका छन् ।