Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सांसद भण्डारी नेपाल फर्किदै बाँकी उपचार नेपालमै गर्ने

१६ शनिबार , बैशाख २०८०२ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता एवं गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद डा.चन्द्र भण्डारी स्वास्थ्यमा सुधार भएसँगै नेपाल स्वदेश फर्किने भएका छन् । दुई महिना भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार गरेर नेता भण्डारी आज स्वदेश फर्किन लागेका हुन् ।

ग्यास लिक भएर गम्भिर घाइते भएका नेत भण्डारी मुम्बईको उपचारपछि आज दिँउसो २ः५५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नेपाल फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको छ । 

हाल उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ भने अब बाँकी उपचार नेपालमा नै गर्ने उनको सचिवालयले जनाएको छ । उक्त घटनामा नेत भण्डारी सँगै उनको आमा समेत घाइते भएकी थिइन । आमाको उपचारका क्रममा निधन भएको थियो ।