Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बोल्ने नेत होइन काम गर्ने नेता आवस्यक छ : पुन

१६ शनिबार , बैशाख २०८०२ बर्ष अगाडि

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले बोल्ने नेत धेरै भएको तर काम गर्ने नेताको आवस्यक रहेको बताएका छन् । सरकारले आफ्नो मागको बेवास्ता गरेको भन्दै धर्ना बस्दै बोल्ने नेत भन्दा काम गर्ने नेता आवस्यक रहेको बताएका हुन् ।

सरकार अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त गम्भीर नहुँदा आन्दोलन गर्न बाध्य भएको भन्दै उनले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् ।

सांसदहरुले खादा, माला लगाएर भाषण गर्न, र कार्यक्रम उद्घाटन गर्न समय मिलाउने तर कानुन बनाउन समय किन नमिल्ने हो भन्दै सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको पनि सन्चालक पुनको भनाई रहेको थियो ।

अरु विभाग जस्तै अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग बनाउनु पर्ने माग गर्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी राख्ने बताएका छन् । त्यस्तै उनले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् ।