Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालन

१४ बिहिबार , बैशाख २०८०३ बर्ष अगाडि

डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अभियान सञ्चालन गर्न अनुरोध गरेको छ । बिहिवार एक सार्वजनिक सूचना जारी गर्दै  हरेक शुक्रबार बिहान १०ः ३० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराई अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

गत वर्षको डेङ्गु सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न लागिएकाले सरकारी, निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई मन्त्रालयले अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।