Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

गरिब,असाहय र बेवारिसेको निशुल्क उपचार गर्न मन्त्रालयको निर्देशन

१३ बुधबार , बैशाख २०८०३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिब,असहाय,बेवारिसेको निशुल्क उपचार गर्न निर्देशन दिएको छ । सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र पठाउदै मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

मन्त्रालयले सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन परिपत्र मार्फत निर्देशन दिएको हो ।

मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख गरिएको र सोहि बमोजिम स्वास्थ्य संस्थाले गर्न पनि आग्रह गरेको छ ।

मन्त्रालयले केही दिनअघि अनुगमन गर्दा धेरै अस्पतालले कुल शय्याको १० प्रतिशत शय्या नछुट्याएको पाइएको बताइएको छ । यस्तै अस्पतालमा कार्यरत जनशक्तिलाई पनि न्यूनतम तलब दिएको पाइएको उल्लेख गर्दै पूर्ण तलब दिनसमेत परिपत्रमा निर्देशन दिइएको छ ।

त्यस्तै मन्त्रालयले अनुगमनका क्रममा स्वास्थ्य संस्थाले गाडी पार्किङको शुल्क उठाएको समेत फेला पारेकाले मन्त्रालयले परिपत्रमा उल्लेख गरिएका कुरा लागू गर्न आग्रह गर्दै यदि नगरेमा कारबाही गरिने जनाएको छ ।