Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपालमा सामसङ टिभीको उत्पादन सुरू

१३ बुधबार , बैशाख २०८०२ बर्ष अगाडि

नेपालमा सामसङ टेलिभिजनको कारखाना खोलेर उत्पादन सुरू गरिएको छ । नेपालको हिम इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नवलपरासीमा ल्यान्डमार्क टेलिभजन कारखाना खोलिएको हो ।

नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सामसङ साउथइस्ट एसियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेबी पार्कले कारखानाको संयुक्त रूपमा उद्घाटन गर्दै सामसङ टेलिभिजनको उत्पादन सुरु भएको औपचारिक जानकारी गराए ।

हाल स्थापना गरिएको कारखानामा ३२ देखि ८५ इञ्चसम्मका टेलिभिजन उत्पादन हुने बताइएको छ । अहिले झण्डै एक सय भन्दा बढि कामदारबाट सुरु भएको कारखानामा पूर्ण क्षमतामा टिभी उत्पादन हुन थालेपछि एक हजार भन्दा बढीले रोजगारी पाउने कम्पनीले जनाएको छ ।

उक्त उदघाटन कार्यक्रममा बोल्दै सामसङ साउथइस्ट एसियाका सीईओ जेबी पार्कले स्थानीय उद्योगलाई सशक्त बनाएर र रोजगारी सिर्जना गर्न कारखानाको स्थापना गरिएको बताए ।