Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पैसाको अभावमा शिक्षकले पेन्सन पाएनन्

१२ मंगलबार , बैशाख २०८०२ बर्ष अगाडि

राज्यको ढुकुटीमा पैसाको अभाव भएपछि शिक्षकको पेन्सन रोकिएको छ । गत चैत महिनामा बजेट अभाव भएकाले झण्डै ३० हजार शिक्षकको पेन्सन रोकिएको हो ।

राजस्व असुली कम भएर राज्यको ढुकुटीमा प्रेसर पर्न थालेकाले बजेट अपुग हुँदा पेन्सन भुक्तानी नभएको निवृत्तिभरण व्यवस्थापन कार्यालयले बताएको छ । अहिले पेन्सनधारी शिक्षकहरूको संख्या ५१ हजार ३ सय ८ जना छ, त्यसमध्ये करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएका छैनन् । 

राजस्व असुली कम भएर अर्थ मन्त्रालयले पेन्सनबापतको रकम निकासामा ढिलाइ गरेको र अर्थबाट बजेट निकासा भएपछि कार्यालयले बैंकमार्फत पेन्सनधारीलाई खातामा रकम हालिदिने गरेकोमा अर्थबाटै निकासा नभएपछि पेन्सनको भुक्तानी प्रभावित भएको व्यवस्थापन कार्यालयले बताएको छ ।

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमार्फत पेन्सनधारीको खातामा रकम जम्मा गर्ने गरेको बताउँदै काठमाडौं उपत्यकाका तीन जिल्ला र बाहिरी जिल्लाका केही बैंक शाखाले रकम नपाएका कारण खातामा पैसा पठाउन नसकेका कार्यलयको भनाई छ । 

गत मंगलबार तीन अर्ब बजेट अर्थबाट निकासा भएको छ अब समस्या समाधान हुन्छ भन्दै निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले १८–२० गतेभित्र रोकिएको पेन्सन रकम भुक्तानी हुने बताए ।