सवारी चलक अनुमपित्र (लाइसेन्स)को नवीकरण अवधि १० वर्षको हुने भएको छ । मंगलवार भौतिक पूर्वधार तथा यातयात मन्त्री प्रकाश ज्वालाले मन्त्रालयमा आयोजित कार्यक्रम मार्फत सवारी चालक अनुमतिपत्रको नविकरण अवधि १० वर्षको बनाउने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा मन्त्री ज्वालाले सवारी चलक अनुमपित्र (लाइसेन्स) नवीकरणको अवधि बढाउन लागिएको जानकारी दिँदै प्रत्येक ५/५ वर्षमा (लाइसेन्स) नवीकरण गर्नुपर्दा सर्वसाधारण सेवाग्राहीहरूलाई झन्झट भएकोले मन्त्रालयले १० वर्षमा एक पटक नवीकरण गरे हुनेगरी तयारी थालेको बताए ।
हाल सवारी चालक अुनमतिपत्र (लाइसेन्स)को नवीकरणको अवधि ५ वर्षको रहेको छ । नवीकरणको समयावधि बढाएर राहदानी (पासपोर्ट) कै अवधि बराबर लाइसेन्सको नवीकरण अवधि पनि १० वर्ष पु¥याउन लागेको हो । सवारी चालक अनुमतिपत्रको नविकरण अवधि १० वर्ष हुँदा सेवाग्राही सर्वसाधारणलाई थप सुविधा पुग्ने मन्त्री ज्वालाको भनाइ रहेको छ ।