Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भयानक अपराध

११ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

काठमाडौं । अमेरिका, युके, क्यानडा, न्यूजिलेण्डलगायतका देशले भुटानी शरणार्थीलाई आफ्नो देशमा लगे । यही मौका पारेर शक्तिशाली नेताबर्गले मानव बेचबिखनका अपराधीसँग मिलोमतो गरेर ८ सय ७५ जना नेपालीलाई नक्कली भुटानी बनाएर निकासी गरिदिएछन् । ‘राजनीतिक संलग्नता’को यो भयानक अपराध सार्वजनिक हुँदासमेत छानबिन गर्नुभन्दा सामसुम पारिदैछ ।
यो गिरोहको अपराधकर्ममा एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामवहादुर थापाका सल्लाहकार इन्द्रजित राई र छोरा निरजसमेत मुछिएका छन् । यी विरुद्ध उजुरी परेको छ र प्रहरी छानबिनमा करोडौंका चेकसमेत बरामद भएका छन् ।
नेपालमा मानव बेचबिखनमा निकै ठूलो दण्डसजाय गर्ने कानुन छ । जब कानुनका रखवाला नै अपराधमा मुछिन्छन् अनि कानुनलाई कारवाही गर्न नसक्ने बनाउने तत्व पनि यिनै हुनेगर्छन् ।