सुख्खा यामको कारण उत्पादन घट्दा आपूर्तिमा आएको समस्याको समधान १५ दिन भित्रमा हुने बताइएको छ । आईतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले उक्त जानकारी दिएका हुन् ।
निर्देशक घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको भन्दै उनले पूर्वका उद्योगी व्यवसायीहरुले ४ दिनदेखि विद्युत कटौति गरेर लोडसेडिङ गरेको भनेपनि लोडसेडिङ नभएको दाबी गरेका छन् । उनले विराटनगर करिडोर क्षेत्रमा विद्युत लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा कमी भएको कारण विद्युत कटौति गरेको स्वीकार गरे ।
विराटनगर औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा प्राविधिक समस्या आएकाले ४ दिन विद्युत लोड कटौति भएको बताए । सुक्खायाममा माग अनुसार उत्पादन नहुने भन्दै अझ गत वर्षको भन्दा यो वर्ष राम्रो अवस्थामा प्राधिकरण रहेको समेत उनले बताए ।
गत वर्ष धेरै अफ्ठ्यारो अवस्थामा विद्युत आपूर्ति गरेको भन्दै विराटनगर औद्योगिक करिडोरमा देखिएको समस्या तत्काल समाधान हुने उनले बताए। अहिले उत्पादन घटेकाले प्राधिकरणले अधिकांश औद्योगिक क्षेत्रको लोड कटौति गरेको र यो ‘सर्ट टर्म’को समस्या भएको भन्दै १० १५ दिन भित्रमा समस्या समाधान गर्ने प्रतिवद्धता गरेका छन।