Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

आज रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै

११ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

आज अपरान्ह वर्षा र सहकालको देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने भएको छ । ललितपुरको पुल्चोकमा आज अपरान्ह मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरेपछि रथयात्रा सुरु गरिनेछ । यता वर्षा र सहकालको रुपमा परिचित मच्छिन्द्रनाथको रथयात्राको अन्तिम तयारी भईरहेको बेला उपत्यकामा हल्का वर्षा सुरु हुनुले पनि यस वर्षलाई सहकालको रुपमा लिन सकिने जानकारहरु बताउछन् । 

रातो मच्छिन्द्रनाथ गुठीका अनुसार आज अपरान्ह गुरुजुको पल्टन र नेपाली सेनाको एउटा टुकडीको तोप सलामीपछि रातो मच्छिन्द्रनाथको विधिवत पूजा गरेर रथारोहण गरि पौराणिक बाजागाजासहित साँझ तःबहालदेखि पुल्चोकसम्म रथारोहण गराइने कार्यक्रम रहेको छ ।

आज शुरुको दिन पुल्चोकदेखि गाः बहालसम्म रथ तान्ने कार्यक्रम रहेको छ । भोलि गाः बहालदेखि मंगलबजारसम्म, पर्सि मंगलबजारदेखि पाटन सुन्धारासम्म रथ तानेपछि  सुन्धारामा रथलाई दुई दिन राखिने बताइएको छ । त्यसैगरि १५ गते सुन्धारादेखि चक्रबहिल १६ गते चक्रबहिलबाट लगनखेलसम्म पुगेपछि १७ गते राति लगनखेलमा महाबली पर्व सञ्चालन हुनेछ । लगनखेलबाट नरिवल खसाल्ने स्थान देउलाटोलसम्म रथ तानिन्छ । नरिवलजात्रा र दिवाली पूजाको निम्ति साइत हेर्ने प्रचलन रहेको छ ।

नरिवल जात्राको भोलिपल्ट बिहान महिलाले रथ तानेर थटि र चारदोबाटोमा रथ पुर्याएपछि जावलाखेल पुर्याउनुभन्दा एक दिन अघि भुजापर्व र नरिवल जात्रा पर्व हुने धार्मिक मान्यता र प्रचलन रहेको छ । यसरी ज्योतिषले निकालेको साइत अनुसार थटिबाट जावलाखेल रथ पुगेको चौथो दिनमा भोटो देखाएपछि मच्छिन्द्रनाथको रथयात्रा समापन गरिने परम्परा रहेको छ ।