Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाईदै

०९ शनिबार , बैशाख २०८०२ बर्ष अगाडि

आज मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाईदै छ । वैशाख शुक्ल त्रितीयाको दिन यो पर्व महोतरी सहितका मिथिला क्षेत्रमा मनाउन लागिएको हो ।

यस पर्वमा बाटोमा हिडिरहेका सवारीका यात्रु, पैदलयात्री, अवातजावत गरिरहेका भोका र तिर्खाएका मानिसहरुलाई जौँ र चनाको सातु सँग चिनी, सख्खर र चिसो पानीले बनेको सर्वत बाँड्ने गरिन्छ । यसो गर्दा अक्षय पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

यसपर्वलाई भगवान शिव र पार्वतीको विबाह भएको दिनको रुपमा समेत मनाईन्छ । यो पर्वमा गरिव र अभाव भोगिरहेका मानिसलाई जौँ र चनाको सातुको थैला र सर्वत राखिएको घडा दान गर्ने परम्परा रहेको छ । 

सुख र शान्तिको प्रतिक मानिने यो पर्व गर्मिको समयमा मनाईने हुँदा गर्मिको समयमा पसिना आउने, शरिर सिथिल हुनेहुँदा चिनीको मात्र सन्तुलन राख्न सर्वत र पौष्टिकतत्व भएको जौँ र चनाको सातु खान्पिनमा जोड दिएको पाईन्छ ।
दिनदुखी, भोका र तिर्खाएकालाई सेवा गरि नैतिक सन्देश दिने यसपर्वमा कुलपुरेहितलाई वस्त्र, मिष्ठान्न खानेकुरा दक्षिणा दिईन्छ । यसोगर्दा भण्डार कहिल्यै खाली नहुने भनाई रहेको पाईन्छ ।