कानुन संसोधन गरी निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनसन्धान आयोगको कार्यक्षेत्र भित्र ल्याउन नहुने बताइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लाले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हुन् ।
निजी क्षेत्रको नियमण गर्ने सम्बन्धित निकाय भएकाले आयोगको कार्यक्षेत्र भित्र पार्ने गरी कानुन संसोधन गर्न आवस्यक नभएको भन्दै अध्यक्ष मल्लले त्यसो गर्दा झन बेथिती बढ्ने र व्यवसायी हतोत्साहित हुने विज्ञप्तीमा उल्लेख गरेका छन् ।
उनले निजी क्षेत्रमा अनुसन्धान गर्न सक्ने प्रस्तावले निजी क्षेत्रमा ह्रास आउने, बैंकिङ लगानी प्रभावित हुने, व्यवसायीक निर्णय लिन कठिन हुने जस्ता समस्या आउने बताए । गत चैत्र २८ गते बैंक, मेडिकल कलेज र अस्पताल लगायतका निजी क्षेत्रलाई अख्तियारको अधिकार भित्र पार्ने २ वटा विधेक राष्ट्रिय सभाले पारित गरेको भन्दै निजी क्षेत्रलाई अख्तियारको अधिकार भित्र पार्द विभिन्न समस्या आउने भएकाले त्यसो नगर्न अध्यक्ष मल्लले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।