नक्कली नागरिक्ता बनाउन सिफारीस गर्ने वडाध्यक्ष पक्राउ परेको छन् । कलैया उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष महम्मद साबिर पक्राउ परेको हुन् ।
वडाध्यक्ष साबिरले नक्कली विवरण बनाएर मावली हजुरबुवाबाट वंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेका थिए । हाल सिफारीस गर्ने वडाध्यक्ष र नागरिक्ता लिन सघाउने नक्कली बाबु र नागरिक्ता लिने व्यक्ती तीनै जनालाई पक्राउ गरिएकोे छ ।
वडा अध्यक्ष साबिरसहित पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा रहेको जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।
नक्कली नागरिक्ता लिने रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि गोप्य उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।