पश्चिमी वायुको प्रभावनको कारण आज मौसम बदली र हावाहुरीको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले मौसम बदलीको सम्भावना आएको हो ।
देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानलगायत देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
त्यस्तै तराईको केहि स्थानमा हावाहुरीको सम्भावना रहेको र बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताइएको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । दिउसो पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको भन्दै हावाहुरी र चट्याङबाट बच्न सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव आठ डिग्री तथा अधिकमत तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस सम्म रहने बताइएको छ ।