Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अधिकतम तपक्रमले तराईमा 'लु' चल्न थाल्यो

०६ बुधबार , बैशाख २०८०२ बर्ष अगाडि

उच्चचापीय प्रणालीका कारण अधिकतम तापक्रम बढेको छ । अधिकतम तापक्रमका कारण तराईमा तातो हावा 'लु' चल्न थालेको बताइएको छ ।

वनजंगलमा लागेको डढेलो र तुवाँलोका साथै उच्चचापीय प्रणालीका कारण वायुमण्डल स्थिर हुँदा मौसमी गतिविधि ठप्प भएर मुलुकभरको अधिकतम तापक्रम बढेको हो । 

हाल तराईका धेरैजसो ठाउँमा तापक्रम ह्वात्तै बढेर ३८ डिग्री देखि माथि पुगेको छ । तराईका पर्सा, बारा, सर्लाही, कपिलवस्तु, रुपन्देही, धनुषा, सप्तरी, सिराहालगायतका क्षेत्रमा अधिकतम तापक्रम ४० देखि ४१ डिग्री सम्म पुगेको छ भने  दिउँसो तातो हावा चल्न थालेको छ । 

मध्य तथा पूर्वी तराईमा पछिल्लो गतहप्तादेखि हल्का र मध्ययमस्तरको लु तातो हावाको बहाव बढ्न शुरु भएको छ । तर, कुनै कुनै ठाउँमा भने लु चेतावनी स्तरको चल्न सुरु भएको बताइएको छ । हिउँदको समयमा जमिन सुख्ख हुनु, समयमा पानि नपर्नु डढेलो, प्रदूषणका कारण पनि तापक्रम बढिरहेको हो ।

सामान्यतया लगातार तीन दिन वा सो भन्दा माथि धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा 'लु' तातो हावा चल्ने बताइएको छ ।