Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कालो सूचीको लिस्टमा १५ निर्माण कम्पनी

०६ बुधबार , बैशाख २०८०२ बर्ष अगाडि

कालो सूचिको लिस्टमा १५ वटा निर्माण कम्पनी परेका छन् । सन्तोष जनक काम नगरेको भन्दै १५ निर्माण कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो ।

कालो सूचीमा परेका कम्पनीहरुमा विराटनगरको शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.ए.एस कन्स्ट्रक्सन प्रालिलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको बताइएको छ । हिलिहाङ गाउँपालिका पाँचथरको सिफारिस बमोजिम उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

त्यस्तै दीपक सापकोटाको शंकरमाली निर्माण सेवा प्रालि, राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रालि, गोकर्ण प्रसाद पण्डितको नागार्जुन कन्स्ट्रक्सन प्रालि, र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष तीन महिना कालो सूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

अन्य ९ कम्पनीहरु एक वर्ष कालोसूचीमा परेका छन् । कालो सूचीमा परेको अवधिभर ती कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने नियममा उल्लेख गरिएको छ ।