Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

एकै परिवारका तीन खेलाडीले जिते स्वर्ण पदक

०६ बुधबार , बैशाख २०८०२ बर्ष अगाडि

नेपाल जुडो संघले आयोजना गरेको अठारौं राष्ट्रिय जुडो प्रतियोगितामा एकै परिवारका ३ खेलाडीले स्वर्ण पदक जितेका छन् । बुधवार आयोजित प्रतियोगितामा एकै परिवारका दाइ इन्द्रबहादुर श्रेष्ठ, निशा श्रेष्ठ र देवकी श्रेपठले स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगिताको पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई फाइनलमा पराजित गरेका थिए । उनले १६ सेकेन्डमा आफ्ना प्रतिद्धन्द्धीलाई हराएका थिए । त्यसौगरि नयाँबजारको बहुउद्देश्यीय मार्शल आर्ट्स केन्द्रमा भएको महिला ४८ केजी मुनिको फाइनलमा बागमतीकी निशाले एपीएफ क्लबकी रत्ना तामाङलाई हराउदै स्वर्ण पदन हातपारेकी थिइन् । अर्काे ५२ केजी मुनिको स्वर्ण भिडन्तमा बागमतीकी देवकीले आर्मीकी रोशना डंगाललाई पाखा लगाइ स्वर्ण पदक उठाउन सफल भएकी थिइन् ।

बुधावार कै अर्काे महिला ५७ केजी मुनि आर्मीकी सिमाकुमारी चिडीले फाइनलमा एपीएफकी सुनिता थिङलाई पन्छ्याउदै स्वर्ण चुमिन् । उक्त खेलमा बागमतीकी अन्जु पाण्डे तथा कर्णालीकी पेमा याङ्गी शेर्पाले कांस्य हात पारेका थिए ।

६३ केजी मुनि प्रहरीकी दिलकुमारीले फाइनलमा आर्मीकी लीला अधिकारीको हराएकी थिइन् भने कर्णालीकी बन्दना कुलुङ तथा लुम्बिनीकी निर्मल कुँवर तेस्रो भए । उता पुरुष ६० केजी मुनि कर्णालीका प्रवीणकुमार दियालीले लुम्बिनीका विकास विकलाई पाखा लगाई जित निकालेका थिए भने । लुम्बिनीकै काशिराम महत तथा आर्मीका दिपक रास्कोटीले तेस्रो स्थानमा चित्त बुझाएका थिए ।

७३ केजी मुनि एपीएफका प्रमोद मण्डलले फाइनलमा बागमतीका सुनिल नगरकोटीलाई हराएका थिए । उक्त खेलमा लुम्बिनीका आयुश साहवत तथा बागमतीका राजु शर्मा भदाइ तेस्रो भए । राखेपका सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरेको खेलमा पुरुष÷महिलामा समान ७–७ गरी १४ प्रतिस्पर्धा हुने खेलको पहिलो दिन ७ स्वर्णको छिनोफानो सकिएको छ । प्रतियोगिताको अन्तिम खेल आज ७ स्पर्धाको फाइनल हुने बताइएको छ