राजन कार्की - -
विचार र दूरदर्शिता दुई देवता सँधै मेरो साथमा हुन्छन्, उनैले भावी सम्भावनाप्रति सदैव जागरूक र सावधान हुन गराईरहन्छन् ।
– नेपोलियन बोनापार्ट
म्यान अफ एक्सनका अर्थात नेपोलियन अन्ततः १८१५ को वाटरलुको युद्धमा पराजीत भए । यही नै उनको जीवनको अन्तिम युद्ध थियो । १७८९ देखि १७९९ सम्मको फ्रेन्च क्रान्तिमा होमिएका नेपोलियन, महान सैनिक थिए । १८०४ देखि ख्यातिको शिखरमा पुगेका नेपोलियनले धेरै युद्ध जिते, धेरै युद्ध हारे र १८२१ मा पेटको क्यान्सरले जीवन गुमाउनु प¥यो । नेपोलियन युग समाप्त भयो । जतिसुकै दाह्रा सिंह भए पनि छद्मयुद्ध गर्नेसँग दाह्रासिंहको पनि केही लाग्दैन । विचार र दूरदर्शिता अर्थात दुई देवता भएका नेपोलियनलाई पनि रूसी सेनाले लुकेरै धुलो चटाइदिएको युद्ध इतिहास छ ।
नेपालको १० वर्षे जनयुद्धमा ३३ सयको माओवादी लडाकुले १७ हजार मान्छे मारून्जेल पनि राज्यले परास्त गर्न सकेन । कारण भारतको रणनीतिक योद्धा बनेका माओवादीको छद्म युद्ध । अन्तिममा भारतले जनयुद्धलाई शान्ति सम्झौतामा रूपान्तरण गराइदियो । ठूला ठूला परिवर्तन भए । तर देश र जनताका लागि यो परिवर्तन १६ वर्ष पछि आएर हेर्दा नेपाली राजनीतिमा त न विचार देखियो, न दूरदर्शिता । न जवाफदेहिता बाँकी रह्यो, न नैतिकता । नेतृत्वमा केही छ भने सत्ताको भोक छ । सम्पत्तिको लोभ छ । लोभ र भोक भएका ठाउँमा समूल समृद्धि र शान्ति टिक्नै सक्दैन । जसरी हिंस्रक प्राणी बाघदेखि जुकासम्म मासु लुछ्ने र रगत पिउने तलतलमै रहन्छन् । नेपाली राजनीति यही हो ।
आठौं आश्चर्य भन्नुपर्छ, संसद भनेको बोकोको टाउको देखाएर बाख्राको मासु बेच्ने थलो भनेर नथाक्ने सर्वहारावादीहरू आज पुँजीवादी, समाजवादी, प्रजातन्त्रवादीसँग मिलेर संसदलाई कुकुरको मासु बेच्ने थलो बनाइरहेका छन् । राष्ट्रवाद के हो ? यिनलाई थाहै छैन । स्वार्थका लागि मरेका वा मारिएकालाई समेत सहिद घोषणा गर्ने, जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्नेहरूका लागि सहिद भनेको १० लाखको थैली मात्र हो । राष्ट्रवाद भनेको सत्तामा आसिन हुनुमात्र हो । कृष्णलालले मकैको खेती लेखेर विद्रोह गरेको उहिल्यै हो । नयाँ नेपाल बनाउँछु भनेर आफ्नै महल बनाउनेहरूलाई डम्बर थापाले श्री ३ पद्म शमशेर राणालाई प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ भनेर चिठी लेख्ने हिम्मतजति पनि आजका एकजना कमरेडभित्र भ्रष्टाचारले लोकतन्त्र बगाउन सक्छ भनेर सम्झाउने साहस नहुनु तुहिएको राजनीति हो । कुहिएको राजनीति हो । यो अग्रगमन होइन, चरम सिद्धान्त र नैतिकपतन हो ।
१६ वर्षको कालखण्डमा सत्ता, शक्ति र सम्पत्ति जति भए पनि नपुग्ने हिंस्रक सोच हावी भएको छ । सत्ता र सुन्दरीको तीर्खा यस्तो तीर्खा हो, जति खाए पनि अघाइन्न । राजनेता बन्छु भन्ने इच्छाशक्ति नहुनेका लागि सत्ता सूर्यमुखी फूलजस्तै हो, जुन फूल जहिले पनि सूर्यतिर ढल्किरहन्छ । घरले जा जा, बनले आ आ भन्ने उमेरका पुरूषहरू सत्तासँग सिद्धान्त साट्छन्, सुन्दरी भनेपछि ¥याल काढ्छन् । सिंहदरवारलाई राजनीतिक बैतर्णी मान्छन्, सुन्दरीको निकट रहेर तातोन्यानो खोज्छन् । नेतृत्वमा यतिसम्मका तृष्णा भनेको समाजको बर्बादी हो, राजनीति चिहानमा पुगेको हो । नेताहरूका लागि लोकतन्त्र सत्ता र सुन्दरीमात्र हो । लोकादेशको दुरूपयोग देख्दा लाग्छ, हरेक दलका, नागरिक समाजका, अधिकारकर्मीका, समाजशास्त्रीदेखि विद्वत बर्गका मुखमा लोकतन्त्र बोकाको मुखमा कुभिण्डो बन्न्यो ।
युद्ध इतिहास साक्षी छ– नेपोलियन बोनापार्ट भूमियुध्दका माहिर योध्दा थिए । त्यो कालखण्डमा उनीभन्दा अर्को भूमियुद्ध पहलमान अर्को थिएन । यी अनौठा शासक थिए । फ्रान्सका सम्राट भएर पनि जनतालाई शक्तिशाली बनाउने आधार जनता नै हुन् भन्ने यिनको मान्यता थियो । तथापि उनी राज्यबिस्तार गर्नेे अभियानमा थिए । नेपोलियनको महत्वाकांक्षा यसरी बढ्दै र चुलिदै गयो कि बिस्तारै उनीभित्र अटेरी र अहंकारी स्वभाव बिकसित हुनथाल्यो । १० लाख सेना साथमा लिएर उनको युद्धगति अगाडि बढ्दै गयो । रोकिएनन् उनका पाइला । उनको युद्ध क्षमता र युद्ध जित्ने भोक देखेर सिङ्गो युरोप भयभित मुद्रामा काँप्थ्यो । यही क्रममा उनले रूसमाथि धावा बोले । नेपोलियनको आक्रमण हुनलाग्यो भनेर चाल पाएपछि रूसी शासक र जनता बालीनाली, अन्नपात, श्रीसम्पत्ति सबै आगो लगाएर जङ्गल पसे र लुकेर बसे । नेपोलियन बोनापार्टजस्ता महारथी योद्धा रूसको वीच मैदानमा पुग्दा जताततै मूर्दाशान्ति, चारैतिर आगो दनदनी बलेको ज्वाला, धूलो, धूवाँ र खरानीबाहेक केही थिएन, नेपोलियन आश्चर्यमा परे । लामो निश्वास फेर्दै नेपोलियन बडबडाए ः यत्रो कष्ट गरेर युद्ध गर्न आएँ, युद्ध गरेर जितौंला भनेको त मजस्ता पराक्रमी योद्धाको स्वागत गर्न चारजना रूसी पनि छैनन् ए ? म कस्तो बिजेता बनेछु, मेरो पैतालामुनी रूस छ तर मेरो सौर्यलाई हेर्ने एकजना रूसी भएनन् । यसरी निराश भएर थकित सेनाका साथ नेपोलियन रूसको ढोकाबाट फर्किए ।
हिमपातको ऋतु आईसकेको थियो । खुराक समाप्त भैसकेको थियो । माथिबाट प्रकृतिको बज्रपात, तलबाट हिमपातको ठिहिरी, बढ्दो पेटको भोक । न पानी, न खाने बस्तु, यस्तो मौका पारेर जङ्गलमा लुकेका रूसी जनताले नेपोलियनमाथि प्रत्याक्रमण गरे । नेपोलियन झस्किए, लडाइँमा होमिए । उनी भोको पेट र थकाइका कारण रूसी सेनासँग लड्न सकेनन् । रूसी सेनाले लुकेर अर्थात छद्मयुद्ध गरेका कारण यो युद्धमा नेपोलियनका ६ लाख सेना मारिए । नेपोलियन पहिलोपल्ट युद्धमा हार खाएर फर्कनु प¥यो । यो सन १८१२ को घटना थियो । नेपोलियन पराजीत भएको घटना ।
यस्तै गल्ती हिटलर पनि गरेका थिए । हिटलरले रूसबाटै मात खानुपरेको इतिहास छ । इतिहासबाट सिक्न सकिन्छ ः अहं बढेर गए बुद्धिमा खिया लाग्छ । शक्ति प्रदर्शन गर्नेको एक यस्तो समय आउँछ, उसका शक्ति स्रोतहरू छरिएर उसको पतन हुन्छ । बुद्धि र सौर्य अनि दिशाहीन महत्वाकांक्षा र पतनको इतिहास हो ः हिटलर र नेपोलियनको । भनिन्छ– यखभच बmदष्तष्यल ष्क मयधलाबिि या बलथ उभचकयल। नेपालीमा उखान पनि छ, अति भए खती हुन्छ । खुट्टा लतारेर हिड्दा ठेस लाग्छ । उम्लेपछि पोखिन्छ ।
मामाको हत्या गरेर दिल्लीका सम्राट बनेका अल्लाउद्दीन खिल्जीको इतिहास पनि बौद्धिकता, महत्वाकांक्षा र अतिवादको मिश्रण थियो । चित्तौढ राज्यकी महारानी पद्मिनीजस्ती सुन्दरी विश्वमै कोही छैन भन्ने समाचार पाएका सम्राट खिल्जीमा उनलाई प्राप्त गर्ने महत्वाकांक्षा जाग्यो । उनीभित्रको बिबेकमा महत्वाकांक्षाले घर जमायो, मान्छेको मन हो, खिल्जीका पाइला सैनिक तैयारीका साथ रत्नसेनको राज्य चित्तौढतिर मार्च ग¥यो । धूलो उडाउँदै, धूलोले सूर्यको किरणलाई छोप्दै, हाहा र हुहु गर्दै, आततायी तौरतरिकाका साथ चित्तौढ पुगेका खिल्जीका सेनाले चित्तौढको किल्ला घेरे । चित्तौढ खिल्जीको आक्रमणले थरर्र काम्यो । एकाएक चित्तौढको दरवारिया किल्लाभित्र आगो बालियो र महिलाहरू आगोको ज्वालामा हाम फाल्दै ‘जौहर’ (प्राण त्याग) गर्न थाले । अल्लाउद्दीन खिल्जीले चित्तौढको चढाई त पार गरे तर उनको हातमा पद्मिनीको खरानी बाहेक केही परेन । खिल्जी बिजयी भएर पनि हारेको मनस्थिति लिएर दिल्ली फर्किए । महत्वाकांक्षा पुरा गर्न अमानवीय बनेका खिल्जीको समयक्रममा अमानवीय तरिकाले पतन भयो ।
अहंकारले खरानी बनाउँछ भन्ने उदाहरण हो यो । मानिसभित्र परम्परागत सत्यतालाई लाघ्ने र अहंकारी राक्षसी स्वभाव प्रवेश गरेपछि ऊभित्र म सर्बेसर्बा हुँ, मलाई मान्नुपर्छ भन्ने भष्मासुरको भावना जागृत हुन्छ । यस्ता व्यक्तिले ढिलाचाँडो आफ्नो हात आप्mनै तालुमाथि राख्नैपर्छ, इतिहासको यो अकाट्य सत्य हो । २०४६ को आन्दोलनको सफलतापछि नेपाली कांग्रेसमा देखिएको अहंकारले देशलाई अँध्यारो युगमा पु¥यायो । २०६३ को जनआन्दोलनले नेतृत्वमा अहंकारको आगो बलेको छ, जसका कारण देश र जनता यतिबेला अनैतिकताको पत्यौल धुँवामा रूमल्लिन पुगेका छन् । विश्व प्रगतिका लागि कटिबद्धताका साथ दौडेका छन्, हाम्रो नेतृत्व धुरी चढेर राणाशाही देखाइरहेछन् । नेपालका सन्दर्भमा कम्युनिष्ट र कांग्रेसी नेताहरूमात्र होइन, तिनलाई साथ दिने भारत र चीनसमेत नेपोलियन, हिटलर र अलाउद्दीन खिल्जीकै नियतिमा देखिन्छन् । नेपाली नेताहरू ‘सत्ता, सुन्दरी प्राप्त गर्ने’ इतिहासका तिनै काला अध्यायका कलंकित नायकपछिका खलनायक हुन् । जनताका बरदानपात्र बनेका नेताहरू दुर्भाग्यपात्र बनिरहेका छन् । जनादेशको अपमान गरिरहेछन् ।
परिवर्तनअघि एकथरि कम्युनिष्ट जनताको बहुदलीय जनवादको मन्त्र जपिरहेका थिए, अर्काथरि बन्दुकको नालबाट सत्ता जन्मिन्छ भनिरहेका थिए । समाजवादको विकल्प छैन भन्थ्यो कांग्रेस । तिनै शक्तिले विदेशीको आड लागेर एउटा राजालाई फालेर हजारौं महाराजा बनेका छन् । ०६३ सालपछिका १६ वर्षमा काँधमा बन्दूक, हातमा शासन, व्यवहारमा विद्रोह र मुखमा शान्ति बोकेर हिडेका नेताहरू कहिले भन्तेजस्ता, कहिले जननेताजस्ता देखिन्छन्, कहिले माफियाजस्ता, कहिले भ्रष्टाचारको मुहानजस्ता र कहिले तालिवानीजस्ता हुन्छन् । राष्ट्र ‘भाड्मे जाय’, आफ्नो स्वार्थ रौं बराबर पनि त्याग्न सक्दैनन् । यी लोकतान्त्रिक हुन् कि सर्वसत्तावादी ? यी नेता हुन् कि बाहुबली ? यी जनतावादी हुन् कि विदेशी उर्दी मानेर हैकम जारी गर्ने अधिकारी ? न छुट्याउन सकिन्छ, न खुट्याउन ? राजनीति राजधानीको मलमूत्र बग्ने अक्शिजनविहीन टुकुचा नै भयो । नेपालको शक्ति धेरै दिल्ली, थोरै बेइजिङ र वाशिङ्टन् पु¥याए । अब त भेटिकनसमेत पार्टी बनेको छ ।
चेतना रहोस्, राष्ट्र महारानी पद्मिनीजस्तो जौहर गरेर खरानी हुन सक्दैन । किनभने जनताको स्वाभिमान हार्दैन । नेताले बिबेक गुमाउँदा राष्ट्रभित्र अनियमितताको धूलो, धुवाँ र आगोको लप्का निस्क्यो भन्दैमा देश हार्न सक्दैन । आज नेताहरूका मुहारमा नेपोलियन, हिटलर र अलाउद्दीन खिल्जीका महत्वकांक्षाहरू जाज्वल्यमान देखिन्छन् । यी खतराहरूलाई समयको यक्ष प्रश्न मान्न सकिन्छ । सत्य सत्य हुन्छ र जवाफ पनि समयले नै दिनेछ । हरेक खतरासँग जुध्ने र खतरालाई अनुकूल पार्ने सामथ्र्य नेपाली जनताभित्रको कुनै कुनामा विद्यमान छ । छिटै त्यो सामथ्र्य प्रकट हुन्छ, हुन्छ । परिवर्तनको आहट सुन्न सक्ने अनुभवीहरू सुनिरहेका छन् र अव देवतालाई पनि पसिना आउन थालिसक्यो । देवभूमिमा देवत्वको बास छ, अन्याय र अहंकार धेरै बढेर गयो । अत्याचारको अन्त जरूरी भइसक्यो । नेपाली जनता जब जाग्छन्, ती वीरका सन्तानजस्ता लाग्छन् । पटक पटक यस्तो इतिहास सत्य सावित भइसकेको छ ।