Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कोरोना संक्रमणदर बढ्दो भारतमा एकैदिन २७ जनाको मृत्यु

०४ सोमबार , बैशाख २०८०२ बर्ष अगाडि

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढेसँगै मृत्युदर पनि बढेको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण २७ जनाले ज्यान गुमाएको बताइएको छ । 

संक्रमणबाट ज्यान गुमाउनेहरुमा गुजरातमा ६, युपीमा ४, दिल्लीमा ३, महाराष्ट्रमा २, राजिस्थानमा ३, बिहारमा १ जनाले ज्यान गुमाएका छन् । त्यसैगरि हिमालचल प्रदेश,केरला,छत्तीसगढ,झारखण्ड र तामिलनाडुमा एक एक जनाले ज्यान गुमाएका हुन् ।

पछिल्ले २४ घण्टामा २७ जनाले ज्यान गुमएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ३१ हजरा १ सय ४१ जना पुगेको त्यहाँको स्वस्थ्य मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रिय संंक्रमितको संख्या ६० हजार ३ सय १३ रहेको छ भने पछिल्लो २४ घण्टामा ६ हजार ३ सय १३ जना संक्रमणमुक्त भएको बताइएको छ ।

यता भारतमा झैँ नेपालमा पनि केहि समयदेखि संक्रमण बढ्न सुरु भएको छ । हाल दैनिक संक्रमण बढ्न थालेपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधरणलाई स्वस्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।