नेपाल सरकारले पाइलट उत्पादन गर्ने उद्देश्यले दुई कम्पनीलाई फ्लाइङ स्कुलको अनुमति दिए सँगै नेपालमा पाइलट पढ्न पाईने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिलाई फ्लाइङ स्कुल स्थापनाको अनुमति दिए सँगै नेपालमै पाइलट पढ्न पाईने भएको हो ।
नेपालमै पाइलट उत्पादन गर्ने उदेश्यका साथ कार्यविधिमा आवश्यक संशोधन गर्दै वर्षौांदेखि मन्त्रालयमा रोकिएका दुई स्कुललाई मन्त्री सुदन किरातीले इजाजत दिइएको बताइएको छ । प्रक्रिया पुरा गरी आउने अन्य संस्थाले समेत इजाजत पाउने बाटो खुलेको पनि मन्त्रि किरातीले जानकारी दिएका छन् । उनले नेपालमा पाइलट उत्पादन गर्ने संस्था नहुँदा पाइलट पढ्नका लागि नेपालीहरु फिलिपिन्स, अमेरिकालगायतका मुलुकमा जानु परेको छ बताएका छन् ।
उनले अव नेपालमा व्यावसायिक उडान हुन नसकेका विमानस्थलमा फ्लाइङ स्कुल चलाउन सकिने सम्भावना रहेको भन्दै नेपालमा पाइलट उत्पादनका लागि तत्काललाई शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिलाई फ्लाइङ स्कुल स्थापनाको अनुमति दिएको बताए ।