सार्वजनिक तथा निजी पूर्वधार निर्माण र मर्मतका कामहरु राति मात्रै गर्नका लागि काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । महानगरपालिकाले एक सुचना जारी गर्दै उक्त निर्देन दिएको हो ।
महानगरपालिकाले सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न सुचना मार्फत निर्देशन दिएको हो ।
महानगरद्धारा जारी सुचनामा भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन समेत आग्रह गरेको छ । त्यस्तै सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्णाधीण स्थल संकेत गर्नसमेत अनुरोध गरेको छ ।
नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न र निर्माण कार्य सम्पन्न भएपछि सम्बन्धित निकायले नै सडक वा सडक पेटीको सरसफाइ गरिदिनु पनि भनिएको छ । महानगरले संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमलाई निम्त्याउने र पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको भन्दै सूचनामा उल्लिखित कार्य नभए ऐन बमोजिम जरिवाना हुने चेतावनीसमेत दिएको छ ।