काठमाडौंलाई एयर भिजुअल सूचक आइक्यू एयरले संसारकै प्रदुषित सहरको पहिलो सुचिमा राखेको छ ।
बिहानसम्म काठमाडौं प्रदुषित शहरको चौथौ नम्बरमा थियो भने अहिले अहिले झनै प्रदुषण बढेर पहिलो सुचिमा पुगेको हो । त्यस्तै प्रदुषित सहरको दोस्रोमा थाइल्याण्डको च्याङमाइ सहर परेको छ भने तेस्रो स्थानमा भारतको कोलकत्ता, चौथो स्थानमा थाइल्याण्डको बैंकक र पाँचौ नम्बरमा पाकिस्तान रहेको छ ।
केही दिनदेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको हो । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।
अहिले काठमाडौंको एक्यूआइ १९४ पुगेको छ । एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यस्तो अवस्थालाई विपद घोषणा गरिन्छ ।