Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राजा सुनवर्षीमा सिरुवा मेला सुरु

३० बिहिबार , चैत्र २०७९२ बर्ष अगाडि

मोरङको रतुवामाई नगरपालिका ५ गोविन्दपुरस्थित राजा सुनवर्षी मन्दिरमा सिरुवा मेला सुरु भएको छ । प्रतयेक वर्ष झैं यसवर्ष पनि बैशाख १ गते नयाँ वर्षका दिनमा राजा सुनवर्षीको पूजा आरधना गरि मेला सुरु गरिएको हो ।

बैशाख १ गते तराईका आदिवासी समुदायका ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवता सुनवर्षी महाराजको ग्रामथानमा फूलको घोडा चढाई पूजाआजा गर्ने प्रचलन रहेको स्थानीयको भनाई रहेको छ ।

तीन विघा १२ कठ्ठा क्षेत्रफलमा सुनवर्षी महाराजको ग्राम थान रहेको उक्त स्थानमा २ विघामा पोखरी रहेको छ । पाँच दशक अघि सो स्थानमा मेला लाग्दा पोखरीमा रहेको गोहीले मेलामा आउने भक्तजनहरुलाई भाडा कुडा दिने गरेको जनविश्वास रहेको पाइन्छ ।