Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

ब्याजदर महँगो भएर अर्थतन्त्रमा समस्या आएको हैन : गभर्नर अधिकारी

२९ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या नआएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । गत मंगलवार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् ।

गभर्नर अधिकारीले पछिल्लो समय बैंकको ब्याजदर वृद्धिको कारणले मात्रै अर्थतन्त्रमा समस्या आएको हैन भन्दै अहिलेको अर्थतन्त्रका समस्या र अर्थतन्त्र चलायमान नहुनुमा ब्याजदरको मात्रै दोष नभएको दाबी गरेका छन् । मुलुकभित्र आर्थिक गतिविधि कम हुनुमा ब्याजदर मात्रै कारक नभएको पनि उनको भनाई रहेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा समस्या आउनुमा बैंकको ब्याजदर बाहेक अन्य तत्वहरु पनि रहेको बताएका छन् । 

उद्योगी व्यवसायीहरुले घोषित रुपमा आन्दोलन गरी व्यवसाय बन्द गर्दा आर्थिक गतिविधि चलायमानमा समस्या आएको उनको भनाई थियो । उनले ब्याजदर महँगो भएको भन्दै राष्ट्र बैंकप्रति नै औँला ठड्याएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले एउटा उत्पादनको लागतमा ब्याजको हिस्सा कति हुन्छ सबैले मनन गर्नुपर्ने समेत बताए ।

यो भन्दा अघि पनि कर्जाको ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको थियो । तर, त्योबेला १३ प्रतिशत ब्याजदर पुग्दा पनि आर्थिक क्रियाकलाप भइरहेकाले आम्दानी हुँदा बेवास्था गरियो । अहिले आर्थिक क्रियाकलाप सुस्त भएकोले समस्या आएको गभर्नर अधिकारीको भनाई रहेको थियो ।