चैत २९ गतेदेखि ३ महिनाको लागि नेपाल टेलिकमले स्प्रिङ अफरको रूपमा विभिन्न अफरहरू उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमको ग्रहकको सुविधाको लागि अफर ल्याएको हो ।
आजदेखि सुरु हुने अफरमा एफटीटीएच प्याकेजलाई पहिलाको भन्दा आकर्षक बनाइएको बताइएको छ । जसअनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
पहिले देखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध गराउने बताइएको छ । कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजलाई २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको समेत बताएको छ ।
एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध हुनेछ । टेलिकमले विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ । साथै, सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रूपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा थ्रोटिङ स्पिडमा बढोत्तरी गरिएको छ ।
प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *१४४२# डायल गरी सुलभ दरको एड अन प्याक लिन सकिने बताइएको छ । स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *१४१४*१# डायल गर्नुपर्ने छ । साथै कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने छ ।