Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कोरोना संक्रमण बढ्दै सतर्कता अपनाउन आग्रह

२८ मंगलबार , चैत्र २०७९२ बर्ष अगाडि

महामारीको रुपमा फैलिएको कोरोना भईरसको संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणदर बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै केही दिन बढ्ने बताएका छन । उनले अहिलेको अवस्था हेर्दा अझै केही दिन सङ्क्रमण बढ्ने सम्भावना देखिएकाले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमणबाट बच्नुपर्ने बताए ।

अहिले दैनिक ४० जना भन्दा बढीमा संक्रमण देखिरहेको भन्दै सबै सजग हुन आग्रह गर्दै भीडभाडमा नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाईमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न आग्रह गरेका छन् । साथै कोरोनाबाट बच्नको लागि कोभिड १९ बिरुद्धको खोप समयमै लगाउन पनि आग्रह गरेका छन् ।

हाल कोरोनाको सक्रिय सङ्क्रमितको संख्या झण्डै पाँचसयको हाराहरीमा पुगेको छ । काठमाडौँ उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ। 

गत पुस महिना यता हिजो चैत २८ गते एक जना कोरोना संक्रमित ७८ वर्षिय एक बृद्धाको मृत्यु भएको छ । उनले कोरोना विरुद्धको खोप लगाएको तर मधुमेहका बिरामी भएको पनि अस्पतालले जानकारी दिएको छ । उनि वीर अस्पतालमा उपचारत थिए ।

मन्त्रालयका अनुसार संक्रमितको संख्या मात्र होइन, गम्भीर बिरामीको संख्या पनि दैनिक उकालो लागी रहेको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै बढ्ने भएकाले कोरोना भाइरस विरुद्धको खोप लगाउन पनि सबैमा आग्रह गरेको छ ।