नेपाल सरकारले नेपालगञ्ज विमानस्थलबाट भारतको विभिन्न शहरमा उडान गर्नका लागि अनुमति माग्ने तयारी गरेको छ । उडनका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरि अनुमति माग्ने तयारी भएको हो ।
सरकारले नेपालगञ्ज विमानस्थलबाट भारतका विभिन्न शहरमा उडानका लागि अनुमति लिन परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् ।
तराईका ठूला विमानस्थलहरुलाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गरी सरकारले भारतीय शहरमा उडानको योजना बनाइरहेको भएता पनि भारत सरकार त्यसतर्फ सकारात्मक नहुँदा हालसम्म उक्त योजना सफल हुन सकेको छैन् ।
त्यस्तै नेपालले केहि समय पहिला निर्माण सम्पन्न गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई समेत भरतले सहज हुने गरी एयररुटहरु दिएको छैन । जसका कारण ठूलो सम्भावना भए पनि यी विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।