Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

ड्रेस र किताब तोकिएकै ठाउँमा किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गरिने

२५ शनिबार , चैत्र २०७९२ बर्ष अगाडि

नयाँ शैक्षिकसत्र शुरु हुनै लागेको बेला काठमाडौं महानगरपालिकाले तोकिएकै ठाउँमा बिद्यार्थीको ड्रेस र किताब किन्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने भएको छ ।

संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार महानगरले नगरभित्रका सबै संस्थागत विद्यालयलाई परिपत्र गर्दै सोही अनुसार काम नगरे कारबाही गर्ने चेतावनी दिएको हो ।

विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार विद्यालयले पाठ्यपुस्तक, स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेसकोडको नमूना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न बाध्य नगराउने व्यवस्था  गरेको महानगरले स्मरण गराएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले सम्पूर्ण विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन समेत अनुरोध गरेका छन् ।