काठमाडौं महानगरपालिकाले राति सडकमा फोहोर फाल्नेलाई १५ हजार जरिवाना तिराएको छ । गत बुधावार राति महानगरपालिकाको कुलेश्वर क्षैत्रमा फोहोर फाल्दै गरेको अवस्थामा भेटिएको बा.४ च.३३४ नम्बरको गाडीलाइ पक्राउ गरि जरिवाना तिराएको हो ।
उक्त गाडीले सडकमा फोहोर फाल्दै गर्दा महानगरको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरेको बताइएको छ । जरिवाना तिराएर अव फोहोर नफाल्ने सर्तमा गाडिलाई छाडिएको महानगरका वातावरण व्यवस्थापन विभागप्रमुख रविनमान श्रेष्ठले जानकारी दिएका छन् ।
महानगरको बिभिन्न क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर फोहोर बनाएको र सार्वजनिक आवागमनमा बाधा पुराएकोमा तत्काल हटाउन अग्रह गरेको छ । यदि तत्काल नहटाइए कारबाही गरिने बताउदै महानगरले अनधिकृत फोहोर फाल्नेमाथि निगरानी गरिरहेको बताएको छ ।