दुवै खुट्टा विना हरि बुढा मगर सगरमाथा आरोहन गर्न सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गरेका छन् । पूर्व गोरखा सैनिक हरि बुढा मगर विश्वसको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि बुधवार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बुधवार त्रिभुवन विमानस्थल हुँदै सगरमाथाको आधार शिविरतर्फ गएका बुढा मगर शारीरिक अशक्त छन् भने उनको दुवै खुट्टा छैनन् । उनि कृतिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति हुनेछन् ।
बुढा मगरले सगरमाथा आरोहण गर्न ५ वर्षको पर्खाइपछि अनुमति पाएकोमा खुशि व्यक्त गर्दै आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरुलाई खुशी दिने विश्वास समेत व्यक्त गरेका छन् ।
उनले दुई महिनामा सगरमाथाको सफल आरोहन गरेर आफु जस्तै शारिरिक रुपमा अशक्त भएका व्यक्तीहरुको मनोवल जगाउने र शारिरिक रुपमा अशक्त भएका व्यक्तीहरु पनि अरु भन्दा कमजोर छैनन् भन्ने उदाहरण पस्किने विश्वास व्यक्त गरेका छन् ।