Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सात महिनामा एनओसी लिनेको संख्या ७९ हजार नाघ्यो

२३ बिहिबार , चैत्र २०७९२ बर्ष अगाडि

गत सात महिनामा विदेश अध्यन गर्न जाने  ७९ हजार जना भन्दा बढिले अध्यन अनुमति पत्र (एनओसी) लिएका छन् । गत साउन देखि २०७९ चैत २२ गते सम्म ७९ हजार ३०९ जनाले विद्यार्थीले विदेश अध्यनका लागि एनओसी लिएका हुन् ।

हाल वैदेशिक अध्ययन अनुमति शाखाले एनओसीका लागि अनलाइन आवेदन दिएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालेको बताएको छ । बिहीवार ६०९ अनलाइन आवेदन परेकामा ५२९ आवेदन स्वीकृत भएको बताइएको छ । स्वीकृत भएको ५ सय आवेदकले शुक्रबार एनओसी पत्र पाउनेछन् । मुलुक बाहिर विभिन्न देशमा अध्ययन गर्न जानको लागि अहिले औसतमा दैनिक ६ सय जनाले वैदेशिक अध्ययन अनुमति पत्रका लागि आवेदन दिइरहेको पनि शाखाले जनाएको छ ।

सेवाग्राहिको चापलाई मध्यनजर गर्दै शाखाले सेवा प्रवाहलाई सहज र छिटो बनाउदै लगेको दाबी गरेको छ । अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन लाग्नुपर्ने अवस्था घटेको शाखाले दाबी गरेको छ ।

शाखा प्रमुख बासुदेव वस्तीवस्तीले एनओसी लिन आउने विद्यार्थीलाई सहज सेवा दिन सम्भव भएसम्मको कोशिस भइरहेको बताउदै सेवाग्राहीको सहजताको लागि निशुल्क वाइफाइ सेवा दिने तयारी रहेको बताएका छन् ।