Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

एकल आमाको बच्चाको थर मावलीको थर राख्न निर्देशन

२३ बिहिबार , चैत्र २०७९४ बर्ष अगाडि

एकल आमाबाट जन्मेको बच्चाको थर मावलीको थर राखेर जन्मदर्ता बनाउन सरकरले निर्देशन जारी गरेको छ । सरकारले एकल आमाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्ता लगायत सरकारी कागजपत्र मावलीको थर राखेर बनाउँन निर्देशन जारी गरेको हो।

नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएको हो ।

विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता मावलीकै थर राखी आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ । त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने सर्कुलरमा उल्लेख गरिएको छ ।तर, बाबुको ठेगाना पत्ता लागे सोही ठेगाना राखेर नयाँ जन्म दर्ता गर्न निर्देशन दिएको छ ।

सरकारले सर्कुलर जारी गर्दै एकल आमाबाट जन्मिएको बच्चाको थर मावलीको थर राखेर जन्मदर्ता लगायतका सरकारी कागजहरु बनाउन निर्देशन दिए पनि मावलीको थरबाट भन्दा पनि आमाकै थरबाट कागजपत्र बनाउदा प्रभावकारी हुने जानकारहरु बताउँछन् ।