मोरङको एक विद्यालयमा एसईई परिक्षा दिंदै गरेको ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरू सामाजिक विषयको परीक्षा दिंदै गर्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए । सोही केन्द्रबाट बुधबार पनि एकजना नक्कली परिक्षार्थीलाइ नियन्त्रणमा लिईएको थियो ।
एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र कुन कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुल्ने क्रममा रहेको पनि प्रहरी नायव उपरीक्षक दाहालले बताए ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका छन् भने शंकास्पद ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले यो संख्या घटबढ हुनसक्ने समेत बताएको छ ।