सरकारको प्राथमिकतामा नपर्दा अर्थतन्त्रमा समस्या र चुनौति रहेको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले बताए । उनले सरकारको नेतृत्व गर्नेहरुले अर्थतन्त्रलाई प्राथमिकतामा नपरेका कारण अर्थतन्त्रमा संकट आएको बताएका हुन् ।
हिजो काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो टिमको औपचारिक घोषणा र वाचापत्र सार्वजनिक गर्दै व्यवसायी माझ जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउने प्रतिवद्धता व्यक्त गर्दै स्थानीय उत्पादनको प्रवर्दन र औद्योगिक विकासको लागि पहल गर्ने बताए ।
साना र मझौला व्यवसायीको समस्यालाई निजी क्षेत्रको नेतृत्व गरेर आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्दै उद्योगी व्यवसायीलाई महासंघमा पहिचान दिलाउने र समस्या समधान गर्ने प्रतिवद्धता गरेका छन् ।
अर्थतन्त्रमा चुनौतिको कारण तरलताको समस्या रहेकाले रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार नल्याउने बताउँदै तत्काल ब्याज घटाउने विषयमा र तरलताको समस्या समाधानका लागि आवश्यक पहल गर्न जरुरी रहेको उनको भनाई रहको थियो।
मुलुकमा कुनैपनि व्यवसाय टिकाउन र बिस्तार गर्न जरुरी देखिएको भन्दै उनले महासंघलाई नयाँ उचाइमा पु¥याउन, संस्थाको व्यावसायिक क्षमता अभिवृद्धि गर्न र व्यवसायीको समस्या समाधानको लागि आफूले उम्मेदवारी दिएको समेत प्रष्ट पारेका छन् ।