छिमेकी राष्ट्र चीन र नेपालको द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक चीनको बेइजिङमा हुने भएको छ । नेपाल–चीन परराष्ट्र मन्त्रालयस्तरीय द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा बस्ने भएको हो ।
आगामी अप्रिल ७ अर्थात चैत २४ गते संयन्त्रको १५ औँ बैठक बेइजिङमा बस्ने परराष्ट्र मन्त्रालयले प्रेश विज्ञप्तिमार्फत जानकारी गराएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र चिनियाँ टोलीको नेतृत्व उप परराष्ट्र मन्त्री सुन इडोङले गर्ने बताइएको छ ।