Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

शनिबारदेखि रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य शुरु गरिदै

२२ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

रातो मच्छिन्द्रनाथको रथयात्राको निम्ति ललितपुरको पुल्चोकमा आगामी शनिबारदेखि रथ निर्माण कार्य शुरु हुँदैछ । रथ निर्माणका लागि शुक्रबार रातो मच्छिन्द्रनाथको महास्नान गरिने बताइएको छ ।

आगामी २०८० बैशाख ८ गते रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइनेछ । त्यस्तै बैशाख ११ गते सोमबार पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्याइने छ । अन्तिम दिन जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि जात्रा समापन हुने छ ।

यता चैत १५ गतेदेखि शुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा गत सोमवार सकिएको छ । काठमाडौंको प्रख्यात उक्त जात्रामा रथलाई दरबारमार्गको तीनधारा पाठशाला अगाडिबाट तानेर लगन पुर्याइएको थियो ।

सोमवार साँझ ७ बजेर ५५ मीनेटको साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई परम्पराबमोजिम मच्छिन्द्रबहाल लगिएको थियो । नेपाली सेनाको शार्दुलजंग गुल्मबाट खटिएको ३६ जनाको टोली, नेपाल प्रहरी, विभिन्न गुठी एवम् थुप्रै स्थानीयको सहभागितामा मूर्तिलाई मच्छिन्द्रबहालमा पुर्याइएको थियो ।