Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अझ कलंक लाग्नेसक्ने देखिन्छ

२० सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - -
पूर्वराजाका लागि जनसभामा सहभागिता, डिनर बैठक, अभिनन्दन भइरहेका छन् । देश र जनताका लागि चिन्ता कति छ भन्ने देख्न सुन्न पाइयो । पूर्वराजा केही समयदेखि कडा रूपमा प्रस्तुत भएको देखिन्छ । तर गर्ने के ? सुनवाई कतै हुन्न । पूर्वराजाका सामु जनता छन्, जनताका सामु पूर्वराजा । जनताले पूर्वराजाको चिन्ता देख्छन्, एकछिन मनन गर्छन्, फेरि बिर्सन्छन् । पूर्वराजा पूर्वमामात्र होइन, पश्चिम, सुदूरपश्चिमतिर पनि जाने कार्यक्रम छ भनिदैछ । पूर्वराजाको अभिव्यक्ति, सहभागिता र जनतासँगको अन्तरकृया तातेको देखिन्छ, फेरि सेलाउँछ । विद्रोहको स्वरूप लिनै सकेन । अब त हतार नै भइसक्यो । देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र कूटनीतिक अवस्था समेत ध्वस्त भइसक्यो । असफल राष्ट्रका खतराको कालो बादल मडारिइसकेको छ । यही तरिकाको शासन व्यवस्थाले उँभो लाग्ने सम्भाबना न्यूनतातिर देखिन्छ । आमनागरिकले कोर्स करेक्शनतिर रूचि देखाउनु पर्ने हो । एकछिनको रमझम भनेझैं भइरहेको छ जनता र राजाको चासो र चिन्ता । परिणाम शुन्य चासोको कुनै अर्थ छैन, अर्थपूर्ण वातावरण आवश्यक छ ।
भ्रष्टाचार र नैतिकहीनता व्यापक थियो, त्यसमाथि मिटरब्याजीदेखि माओवादीपीडितसम्मले आवाज उठाएका छन् । हरेक तरहका नागरिक सडकमा नै छन् । मुख्य कुरो राजसंस्थावादी र हिन्दुवादीहरू एकठाउँमा एकभएर उभिन सकेका छैनन् । जबसम्म सबैप्रकारका पीडितहरूलाई गोलबन्द गर्न सकिन्न, तबसम्म भेला, सभा, अभिनन्दन भन्नेकुरा क्षणिक रमाइलो जात्रामात्र हुनेछ ।
समस्याको जड शासन प्रणाली हो । शासक बर्ग हुन् । यस्ता नेतृत्वबाट देश उँभो लाग्दैन, देश डुब्छ, जागरण आउनु प¥यो भनेर खोइृ बुझाउन सकेको ? देशले दह्रो नेतृत्व खोजेको छ । जति छन्, सबै लोभी र पापी, स्वार्थको बन्दीमात्र । आमनेपालीले विश्वास गर्नसक्ने नेतृत्व अहिलेसम्म देखा पर्न सकेन । अवस्था के छ, परिवर्तनपछि गर्ने के के हो ? यसको खाका कसैले सार्वजनिक गर्न सकेनन् । रसातलमा भासिएको मुलुकलाई संकटमुक्त पार्ने कार्यक्रम कसैसँग देखिदैन । अब त राजसंस्था पुनर्जिवित भएरमात्र के होला र ? उनै लोभीपापीले घेरेका छन् भन्न थालिसकेको सुनिन्छ । राजाका सहयोगीले नै यही व्यवस्थामा राजालाई राष्ट्रपति बनाउन सकिन्छ भनेर अन्तर्वार्ता सार्वजनिक भएपछि जनतामा नैराश्यता झन बढेर गएको छ । राजाले भ्रष्ट र राष्ट्रघातीमाथि कारवाह िगर्छन्, कानुन सवल हुन्छ, कानुनको दायरामा भ्रष्टहरू सबै आउनेछन्, लुटेका सम्पत्ति राष्ट्रका लागि उपयोग गर्नेछन् भनेर आश गरेका जनता यतिखेर उदास छन् । यो अवस्थामा जनताले कसलाई विश्वास गर्ने ? यी भ्रष्टका लागि उचित वातावरण पो बन्दैछ । जनताले चुनावमा केही नयाँ पार्टी, नयाँ नेतालाई केही गर्छन् कि भनेर अवसर दिएकै हुन् । तिनले पनि सत्ता र शक्तिको भोक देखाएर जनादेशको अपमान नै गर्न पुगे । जुन जोगी आए पनि कानै चिरिएका ? यिनै नेता, यिनै पार्टीसँग जनताले सहकार्य गर्न खोजेका छैनन् तर असन्तुष्ट जनताले विश्वास गर्ने कसको ?
हेरौं त मुलुकको स्थिति ? एकजना प्रतिष्ठिन पत्रकार एवं अभियन्ताले नेपाली सेनाले चारजना न्यायाधीशको आचरणका विरूद्ध न्यायपरिषदमा उजुरी दिएको कुरा सार्वजनिक गरेकी छिन् । कहाँसम्म पुगिसकेको रहेछ त मुलुक ? सेनाले न्यायाधीशविरूद्ध न्यायपरिषदमा उजुरी हाल्नुपर्ने स्थिति कसरी आयो ? अब यस्तो प्रश्न राख्दा एकथरि उल्टै नेपाली सेना जो राष्ट्रभक्त छ, अझै पनि, तयसमाथि नै औंला ठड्याउँछन् । केही दिन अघि नेपाली सेनाका अधिकृतहरूलाई पाठ पढाउन डा.बाबुराम भट्टराई जस्तालाई सेनाले डाक्नु आफैमा आपत्तिजनक भएको धेरैको ठम्याइ छ । श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहको अस्तित्वमाथि नै प्रश्नचिन्ह उठाउने बाबुरामलाई नेपाली सेना, जो बडामहाराजलाई आफ्नो आदर्श मान्छ, उनको महावाणीको अनुशरण गछृ, त्यस्तो संस्थालाई पाठ पढाउने ? यसको मतलव के हुनसक्छ ? अघि अघि कीर्तिनिधि बिष्ट, राजेश्वर देवकोटाजस्ता प्रखर देशभक्तलाई कहिल्यै सेनाले कार्यक्रममा मौका दिएन त ? तिनको विचार सुन्ने र तिनलाई सम्मान गर्ने कार्यसमेत गरेको देखिएन । जो सेनाको संख्यमासमेत आपत्ति प्रकट गर्छ, जो सेनालाई राजनीतिकरण गर्न उत्साहित छ, त्यस्ताको पाठ पढ्ने ? यी त्यस्ता तत्व हुन् जसले सेनाको कम्मर मक्काउन हरेक क्षण प्रयास गरिरहेका छन् । सेनामाथि ताइ न तुइका प्रश्न उठाइरहन्छन्, तिनलाई सेनाले महत्व दिनुको अर्थ स्वयम् सेनाले बुझेको हुनुपर्छ । सेना सचेत हुनुपर्छ, सेना संविधानअन्तर्गत चल्नुपर्छ तर आवश्यक परेमा सेना संविधानको बन्दी पनि बन्न हुन्न । किनकि सेना नेपाली अस्तित्वको अन्तिम सत्य र शक्तिसमेत हो । यस्तो सेना कमजोर हुनुहुन्न ।
राष्ट्र धेरै कमजोर पारिसके । अस्तित्व संकटमा परिसकेको छ । यो अवस्थामा सेना सवल हुनुपर्छ । जनताले विद्रोहको तैयारी गर्नुपर्छ । पूर्वराजाले पनि जनतासँग सहकार्य गरेर यस्तो गलत पद्धति र नेतृत्वमाथि प्रहार गर्नुपर्छ । नेपालको गलत प्रयोग गर्न र आफ्नो प्रभाव अझै बिस्तार गर्न मुख मिठ्याउने उत्तर दक्षिण पश्चिमको चरित्र उदाङ्गिसकेको छ । राजसंस्था किन फालिएछ, अझै नबुझ्ने ?