भारले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मुल्या यथावत नै राखेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची नेपाल आयल निगमलाई पठाएपनि निगमले भने पेट्रोलियम पदार्थको मुल्या यथावत नै राखेको हो ।
इण्डियन आयल कर्पोरेशन (आईओसी)ले प्रत्येक महिनाको १ र १५ तारिखमा पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ । सोहीअनुसार यस पटक पेट्रोलियम पर्दाथको मूल्य घटाएर पठाएको हो ।
निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ हुन आउछ ।
अहिले नोपली बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ रहेको छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको छ ।
त्यसैगरि खाना पकाउने एलपी ग्याँसको मूल्य पनि घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएको छ । यो सँगै एलपी ग्याँसमा निगमलाई घाटा ५०० रुपैयाँमा आइपुगेको छ । हाल निगमले एलपी ग्याँसको बिक्री प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बेच्दै आइरहेको छ ।
भारतले मुल्य बढाएर पठाउँदा मुल्यबृद्धि गर्न हतार गर्ने निगमले मुल्य घटेर आउँदा मुल्य घटाउन आनकानी गर्दा सर्वसाधरण मारमा परेको उपभोक्ताको गुणासो छ ।