Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

मुस्ताङमा चिस्यान केन्द्र निर्माण हुने

१९ आइतबार , चैत्र २०७९३ बर्ष अगाडि

स्याउको राजधानीको रुपमा परिचित हिमाल पारीको जिल्ला मुस्ताङमा स्याउ तथा फलफूल सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । मुस्ताङको मार्फामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाखको लागतमा सङ्कलन तथा चिस्यान केन्द्र बन्न लागेको हो ।

घरपझोङ गाउँपालिका–२ सामग्री टोलमा सरकारको ८५ र कृषकको १५ प्रतिशत अनुदानमा निर्माण हुन लागेको उक्त केन्द्रको लागि गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट एक करोड ४१ लाख बिनियोजन गरिएको बताइएको छ ।

चिस्यान केन्द्र निर्माण पछि स्याउको पकेट क्षेत्रहरु थासाङ गाउँपालिका–१ टुकुचे– झोङोदेखि घरपझोङ गाउँपालिकाअन्तर्गतका गाउँ मार्फा, धमाङ, सबि, चिमाङ, छैरो, तिब्बतीयन क्याम्प, शीतोष्ण बागवाणी केन्द्र, स्याङ, जोमसोम, ठिनी, ढुम्बा आदि लाभान्वित हुनेछन् । उक्त ठाउँमा व्यक्तिगत एकाध ठाउँबाहेक हालसम्म कुनैपनि कोल्ड स्टोर बनेका छैनन् ।

जिल्लामै ठूलो लगानीमा बन्न लागेको चिस्यान केन्द्र पहिलो भएको फलफूल तथा स्याउ ग्रेडिङ मेसीन उपभोक्ता समितिले बताएको छ । पछिल्लो समय जिल्लामा स्याउ भण्डारणको लागि प्रदेश सरकार र अन्य निकायबाट जे जति पहल भए पनि पर्याप्त मात्रामा चिस्यान केन्द्रको अभाव रहेको कृषकहरु बताउँछन् । 

यसअघि बनेका कतिपय चिस्यान केन्द्र पनि उचित स्थानमा नबनेका कारण भण्डारणमा समेत समस्या परेको उनिहरुको भनाई छ । हाल सन्चालनमा रहेका केहि चिस्यान केन्द्र आम सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको र  ती चिस्यान केन्द्र पनि कतिपय प्रयोगविहीन अवस्थामा छ ।

ठूलो क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएसँगै यहाँका कृषक उत्साहित बनेका छन् । चिस्यान केन्द्रमा भण्डारण गरी बेमौसममा पनि बिक्री वितरण गरी राम्रो मूल्य आर्जन गर्न सकिने भएपछि कृषकहरु खुशि देखिएका छन् ।