Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

तातोपान र हिल्सा नाका वैशाखदेखि खुला

१९ आइतबार , चैत्र २०७९२ बर्ष अगाडि

नेपाल र चीनको थप दुई व्यापारिक नाका तातोपानी र हिल्सा पनि खुला हुुने भएको छ । उक्त दुइ व्यापारीक नाका आगमी वैशाख १८ गते देखि खुला हुने भएको हो ।

यही चैत १९ गते तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्र चीनसँग जोडिएका नेपाली नाका खोल्दै जाने सहमति अनुसार आगमी वैशाख १८ गते देखि दुवै नाका खुलाउने निर्णय भएको बताइएको छ । मन्त्रालयको अनुसार अब सबै नाका क्रमस खुल्दै जाने छ ।

त्यस्तै नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने छ । चीनले १८ वैशखबाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । प्रमुख भन्सार प्रशासक दयानन्द केसीका अनुसार चीनले बिस्तारै सबै नाका सहज बनाउने नीतिअनुसार आयातको कोटा प्रणाली समेत हटाएको बताईएको छ ।

सबै नाका खुलाउने नीतिअनुसार क्रमैसँग चीनले नाका खोल्ने समझदारी गरेको बताईएको छ । आगमी वैशाख १८ गतेबाट व्यापार तथा मानव आवाजावतमा सो नाका पूर्ण रुपमा सञ्चालनमा आउने छ भने अन्य नाका पनि खुल्दै जाने छ । हिल्सा नाका २०७६ चैत ११ देखि पूर्ण रुपमा बन्द रहेको छ भने सिन्धुपाल्चोकको तातोपानी नाका एकतर्फी रुपमा सञ्चालन हुँदै आएको छ ।

गत शनिबारदेखि रसुवागढी नाका भने पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।