Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

रसुवागढी नाका खुला, तातोपानी नाका अझै खुलेन

१८ शनिबार , चैत्र २०७९२ बर्ष अगाडि

नेपाल चीन सिमानकाको रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमनका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण २०७६ चैत ११ गते देखि बन्द गरिएको उक्त नाका चीनले तीन वर्षपछि मानव आवागमनका लागि खुला गरेको हो । 

हिजो एक नेपाली टोली उक्त नाकाबाट चीन प्रवेश गरेसँगै आवागमन औपचारिक रुपमा खुला गरिएको हो । उक्त नाकाबाट चीन प्रवेश गरेका नेपाली टोलीलाई स्वागत गर्दै नेपालका लागि चिनियाँ राजदूत छेन सङले दुईतर्फी रुपमा मानिसको आवागमन खुलाले द्विपक्षीय सहयोग र जनताबीचको सम्बन्ध अझ गहिरो हुने उल्लेख गरेका छन् ।

छिमेकी राष्ट्र चीन संगको रसुवागढी नाका खुला भए पनि नेपाल चीनको दोस्रो ठूलो तातोपानी नाका भने अझै खुल्न सकेको छैन । उक्त नाका खुला नहुँदा त्यस नाका हुँदै व्यापार व्यवसाय सञ्चालन गरिरहेकाहरु ठुलो मर्कामा परेका छन् । रसुवागढी नाका खुला गरियता पनि तातोपानी नाका खृुला गर्नेबारे हालसम्म टुंगो छैन ।