काठमाडौं प्रवेश गर्ने छोटो दूरीका दुई सडक अनिश्चितकालका लागि बन्द भएका छन् । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका लागि बन्द गरिएको हो ।
प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने थाहा नगरपालिकाले जानकारी दिएको छ । इन्द्रसरोवर गाउँपालिका–३ को ज्यामिरेबाट रामचन्द्र भन्ज्याङ सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो सडक बन्द गरिएको बताईएको छ ।