स्वास्थ्य समस्याका कारण राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । उहाँको पेटमा समस्या देखिएपछि हिजो साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो ।
हाल उहाँ चिकित्सकहरुको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार पेटमा समस्या आएपछि उहाँ उपचारका लागि अस्पतालमा भर्ना भएको बुझिएको छ ।