काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन २ बाट, स्वर्णिम वाग्ले तनहुँ १ बाट र रमेश खरेल बारा २ बाट उमेदवार बन्ने भएका छन् । स्वर्णिम वाग्लेले पुस्तागत रुपमा रहेको कांग्रेस पार्टी परित्याग गरेर रास्वपामा प्रवेश गरेका हुन् । वाग्लेले सभापति देउवा, देउवापत्नी आरजु देउवामाथि विभेदकारी आरोप लगाएर पार्टी परित्याग गरेपछि कांग्रेसभित्र ठूलै तरङ्ग उठेको छ ।
यद्यपि बीचबचाउ गर्दै केही स्थापित पार्टी नेता तथा महासचिवले यो हुरी होइन, बतासमात्र चलेको बताएका छन् । रमेश खरेल नेपाल सुशासन पार्टीबाट रास्वपा आएका हुन् ।
रविका विरोधीहरु भन्छन्– नागरिकता र पासपोर्टमा फसेका रवि लामिछानेले देशका समस्या कसरी हल गर्लान् भनिरहेका छन् । तर चितवनबाट प्राप्त सूचना छ, रवि लामिछानेप्रतिको आकर्षण केही कम भयो होला, चुनावचाहिं हार्दैनन् । हेरौं । वैशाख १० सम्म ।