मन्त्रीहरुका लागि भैंसेपाटीमा नयाँ महल बनिरहेको छ । पुल्चोकको मन्त्रिक्वार्टर सानो भएकाले सर्वसुविधा सम्पन्न महल बनाउने काम भइरहेको छ । केही महिनामै तैयार हुने यो महलमा मन्त्रीहरुले सुविधाभोगी जीवन बिताउन पाउने भएका छन् ।
मन्त्रीले गर्ने नीतिगत र आर्थिक भ्रष्टाचार नै हो । काम केही गर्नु नपर्ने र यस्ता महलमा बस्न पाउने भएपछि मन्त्री हुनका लागि मारामार गर्ने नै भए । गतवर्ष कात्तिकमै बुझाउनु पर्ने यी महल ठेकेदारले ठूल नेतालाई खुशी पारेका कारण अझै तैयार हुननसकेको हो । आयोजना प्रमुख मचाकाजी महर्जन छन्, उनी खन्चुवा नम्बर वानमा बदनाम छन् । यी महलमा मुख्य मन्त्री, मन्त्रीहरु राज गर्नेछन् ।