उत्तरी सीमा घुमेर आएका युवाहरू भन्छन्– भूकम्प के गयो, कोरोनाको कहर के आयो, उत्तरी सीमाक्षेत्रका बासिन्दाको भोकभोकै मर्ने दिन आयो । व्यापारीका व्यापार सखाप भए, स्थानीयले रोजगारी गुमाए । सक्ने त बसाइसराइ गरेर अन्तै गए, नसक्ने आज पनि रोजीरोटीका लागि भौंतारिएका छन् ।
चीनले नाकाबन्दी गरिदियो । मनलागेको बेलामा सीमा खोलेजस्तो ग¥यो, कोटा सिस्टममा कन्टेनर छाडिदियो, बढीभन्दा बढी समय अघोषित नाकाबन्दी गरिदिंदा यसको मार सीमाक्षेत्रका बासिन्दामा, व्यापारीमा पर्नगयो । हजारौंको रोजगारी गुम्नु स्वभाविक हो, चिनियाँ बाटो आउने खाद्यान्न आएन । खासगरी बिकट हिमाली भेगका नागरिक अकालमै मरे, मर्ने अवस्थामा छन् ।
हिमाली भेगमा जडिबुटी र कृषि उपजको ब्यापार ठप्प भयो । नेपालले मौसमी रूपमा चीनलाई सीमा खोल्न आग्रह गर्दा चीनले बेवास्ता गरिदियो । अनेक चिनियाँ मन्त्री, पदाधिकारीको नेपाल भ्रमण भयो, दूतावासमा आग्रह गर्ने काम पनि भइरह्यो, ठूला पदाधिकारी जाँदा आउँदा खुल्ने र बन्द हुने नाका आजसम्म पनि सुचारू हुन सकिरहेको अवस्था छैन । चीनबाट मालसामान मगाउने ब्यापारी चुर्लुम्मै डुबे, यसमा कसैले चासो राखेको देखिएन ।
यो कैलास ताक्लाकोट बजार हो । टिंकर नाका पनि बन्द छ । खासालगायतका यस्ता अनेक नाकाका बासिन्दा ३ वर्षदेखि ब्यापार गर्न पाएका छैनन् । मर्का प¥यो भनेर रोइकराइ गर्दा पनि चीनको कानमा बतास परेन । केरूङ पनि खुलेजस्तो मात्र हुनछ । यसकारण चीनका सीमावर्ती यस्ता बजारमा तालाबन्दी गरिएको देखिन्छ । चीनले बुझ्नुपर्ने हो, सीमावर्ती बासिन्दाको जीवनधान्ने माध्यम नै चीनसँगको व्यापार हो ।
गलैंचा, छाला बाँस विभिन्न हस्तकलाका सामानसँगै मह छुर्पी, खुर्सानी, लगायत कृषिउपज बेच्न नेपाली चीनतिर जान्थे, उत्तरवाट फर्कने बेलामा वर्षभरी पुग्ने खाद्यान्न र लत्ता कपडा पनि लिएर आउथे । चीनले सीमाक्षेत्रका जनतालाई किन ध्यान दिएन ?